तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको प्रसिद्ध शम्भुनाथ मन्दिरमा सरसफाई

सप्तरी । राजविराज जेसीजले आज सप्तरीको प्रसिद्ध शम्भुनाथ मन्दिरमा सरसफाई गरेको छ ।

शम्भुनाथ नगरपालिकामा रहेको शम्भुनाथ मन्दिरमा जेसीजले सरसफाई गर्नुका साथै मन्दिरलाई कुचोहरु समेत प्रदान गरेको मन्दिरका पुजारी सूर्यनारायण झाले बताउनु भयो । जुजारी झाका अनुसार मन्दिरमा सरसफाई गर्ने कर्मचारीको आमाको मृत्युका कारण सरसफाई हुन नसकी मन्दिर फोहोर भएका बेला जेसीजले मन्दिर परिसरको सरसफाई गरेको हो ।

राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् पूर्व अध्यक्ष मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जेसीजका पदाधिकारी र युथ सप्तरीका प्रतिनिधिसहित जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठ र नगर बाल सञ्जाल राजविराजकी अध्यक्ष अनिषा ठाकुर लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button