तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायिक कृषि गर्नेलाई नगरले सहयोग गर्छः प्रमुख अर्याल

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले किसानलाई निर्बाहमुखी मात्र नभई व्यव्सायिक खेती गर्न आग्रह गर्नुभएको छ ।

शनिबार दुवाचौर सामुदायिक कृषि सहकारी संस्था लि. साबिक दुवाचौर ४ र पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी साबिक दुवाचौर ३ को एकीकरण सयुक्त भेला उद्घाटन गर्दै उहाँले सहकारी मार्फत कृषि र पशुपालन गरि आयआर्जनमा वृद्धि गर्न आग्रह गर्नु भएको हो ।

उहाँले एकै उदेश्य भएका सहकारी एकीकरण नगरमा यो दोश्रो भएको र क्रमश: एकै उद्देश्य र एकै स्थानमा भएका सहकारी मर्ज गर्दै लैजाने बताउनु भयो ।

सहकारी मार्फत लिएको रकम उत्पादन मुलक काममा लगानी गर्न आग्रह गर्दै नगर प्रमुख अर्यालले व्यवसायिक खेती पशुपालन गर्नेको उत्पादन बजारिकरण र ढुवानिमा नगरले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

नगरपालिकाले सुत्केरी भैंसी र गाईलाई पोषण दाना अन्तर्गत क्रमशः एक हजार र सात सय प्रदान गरिने र गाई भैंसी लगयात पशपंक्षी बिमामा किसानले तिर्नुपर्ने रकममा नगरले ५० प्रतिशत तिरिदिने कार्यक्रम रहेको बताउनु भयो ।

एकीकरण कार्यक्रममा मेलम्ची ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, मेलम्ची ८ का अध्यक्ष ठकराज गिरि लगायतले सहकारी मार्फत देशको मुहार फेर्न सकिने भएकाले सही ढंगले सहकारीले लगानी र किसानले उक्त रकम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button