तपाईँ सुन्दै हुनुहुन्छः

दुवै अध्यक्षद्वारा प्रस्तुत प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले पार्टी भित्र देखिएका विबादको समाधान गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भोली (आइतबार)दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा दुबै अध्यक्षका प्रस्तावहरू पेश गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

विवाद समाधानका लागि आजको सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो ।

छलफल सकारात्मक रूपमा अगाडि बढेको र आवश्यकता अनुसार स्थायी कमिटी बैठकको बीचमा समेत दुई अध्यक्ष तथा सचिवालय सदस्यहरू बीच औपचारिक तथा अनौपचारिक छलफललाई निरन्तरता दिने निर्णय भएको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button