तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा बजार अनुगमन, अखाद्य वस्तु नष्ट

बाँके । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले बजार अनुगमन कार्यलाई तीव्र पार्दै अनुगमनका क्रममा भेटिएको अखाद्य वस्तु नष्ट गरेको छ ।

वाणिज्य कार्यालयका अनुसार, कोहलपुर तथा बैजनाथ गाउँपालिकाको बजार क्षेत्रका विभिन्न डेरी उद्योग र पसलहरूको अनुगमन गरिएको हो ।

त्यस क्रममा खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब चार हजार दुई सय रुपैयाँभन्दा बढीको दूध एवं दुग्धजन्य पदार्थ नष्ट गर्न लगाइएको हो ।

अनुगमनका क्रममा लेवलिङ्ग एवं प्याकेजिङ्ग गरेर मात्र दूध एवं दुग्धजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्न निर्देशन दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button