तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारद्वारा ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम शुरु

पोखरा । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ ।

प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई शून्य ब्याजदरमा सहज ऋण उपलब्ध गराउने गरी कार्यक्रम शुरु गरेको हो ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा उद्योग क्षेत्रमा लगानी प्रवद्र्धन गर्न र कोभिड–१९ को प्रभावले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई स्वदेशमै रोजगारी प्रवर्द्धन गर्न अनुदान ग्राहीलाई ब्याज अनुदानमा ऋण प्रवाह कार्यक्रम अगाडि सारेको हो । मन्त्रालयले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाएको छ ।

कार्यक्रम अन्तरगत वैदेशिक रोजगारबाट फर्किएका, दलित, महिला, द्वन्द्व पीडित, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसंख्यकले सञ्चालन गर्ने उद्यमलाई प्राथमिकता दिइ तीन लाखदेखि १० लाखसम्म ऋण प्रदान गरिने भएको छ । उक्त ऋणमा नेपाल बैंक लिमिटेडले लिने ७.७५ प्रतिशत ब्याज तीन वर्षसम्म प्रदेश सरकारले ब्यहोर्ने गरी सम्झौता भएको छ ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले कार्यक्रमबाट रोजगार गुमाएका र बेरोजगार युवाहरुलाई रोजगार बनाउन र मुलुकको अर्थतन्त्रलाई विकास गर्न सहयोग पुग्ने बताउनु भयो ।

यसका लागि प्रदेश सरकारले चाल आर्थिक वर्ष २०७७–७८ मा १० करोड उद्यम विकास कोष कार्यक्रम अन्तरगत ब्याज अनुदानको ब्यवस्था गरेको मन्त्रालयका सचिव डा राजेन्द्र केसीले जानकारी दिनु भयो । कार्यक्रमबाट चालू आर्थिक वर्षमा करिब एक हजार ३०० नयाँ उद्योग स्थापना हुने र करिब ६ हजारलाई स्वारोजगार बनाउने लक्ष्य राखिएको छ । कोरोनाको प्रभावलाई कम गर्न उद्योग दताए पनि निशूल्क गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button