तपाईँ सुन्दै हुनुहुन्छः

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले यही मंसीर २९ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो आइपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेकोमा आईपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button