तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २६ जना डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १५ जना पुरुष र ११ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ९ सय ३६ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।

आइसोलेसनमा अब १ सय ६९ जना छन् । बाँकेमा हालसम्म ४ हजार १ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म बाँकेका ४० जनाको कोरोनाबाट मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button