तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १५ जना डिष्चार्ज

फाइल तस्बिर

नेपालगञ्ज । बाँकेमा आज १५ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ९ जना महिला र ६ पुरुष रहेका छन् ।

बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ९ सय ९९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।

अहिलेसम्म आइसोलेसनमा अब १ सय ४३ जना रहेका छन् । जिल्लामा हालसम्म ४ हजार १ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button