तपाईँ सुन्दै हुनुहुन्छः

आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते महिलाको उपचारको क्रममा मृत्यु

बीरगंज । अत्यधिक जाडो र शितलहरका कारण जाडो छल्न आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी बाराकी एक महिलाको आज उपचारको क्रममा बीरगंजमा मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ गंगापुरमा आगो ताप्ने क्रममा जलेर घाईते भएकी ७५ बर्षिया बृद्धा रामसवारी देवी कानुको आज विहान उपचारको क्रममा बीरगंज स्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा गएराति १२ बजे जलेर गम्भिर घाईते भएकी बृद्धा रामसवारीलाई घर परिवारले उपचारका लागि अस्पताल ल्याएको भए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button