तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा बीरगंज बजारमा आगो ताप्ने व्यवस्था

बीरगंज  । अत्याधिक जाडो र शिलतहर कारण जनजीवन प्रभावित भएपछि  सशस्त्र प्रहरीले आज वीरगंजको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण पर्साले दाउराको बन्दोवस्ती गरी बीरगंज महानगरपालिकाको पावर हाउस चोक, प्रतिमा चोक र मुर्ली चोकमा आगो बालेको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा तथा बटुवालाई न्यानोको लागि दाउराको व्यवस्था गरी आगो बालिएको  खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button