तपाईँ सुन्दै हुनुहुन्छः

थुनुवा कक्षमा रहेका बन्दीलाई कम्बल वितरण

बीरगंज  ।  अत्याधिक जाडो र शिलतहरबाट प्रभावित जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका बन्दीहरूलाई आज एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको छ ।
रुंगटा वेल फेयर सोसाइटी वीरगंज र ग्रिन सिटी सामुदायिक केन्द्रको संयुक्त आयोजनामा ४० थान कम्बल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।
सो अवसरमा रुंगटा वेल फेयर सोसाइटीका सुरेश रुंगटा, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, चन्द्र अग्रवाल, वीरगंज युवा समाजका कमल चौलागाईलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button