तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

फाइल तस्बिर

बीरगंज  । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परीक्षणको क्रममा पर्सा र रौतहटका गरी थप चार  जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पर्साबाट सङ्कलित ४५ जना र बाराका सङ्कलित २० जना गरी ६५ जनाको स्वाबको नमुनालाई परिक्षण गर्दा पर्साका तीन र रौतहटका एक जनामा कोरोना सङ्क्रमण भेटिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।

पर्सामा सङ्क्रमण पुष्टि हुनेहरूमा बीरगंज महानगरपालिका वडा नम्बर ७ का ३४ वर्षिया महिला र ३५ वर्षीय पुरुष रहेका छन् भने वडा नम्बर ४ मा ५३ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी रौतहट गुजरा नगरपालिका वडा नम्बर २ निवासी २५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको डा. दासले बताउनुभयो ।

सङ्क्रमण पुष्टि हुनेहरूमा दुई महिला र दुई जना पुरुष रहेका छन् । उनीहरूको सिटी भ्यालु २७ देखि ३४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button