तपाईँ सुन्दै हुनुहुन्छः

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोद्वारा पद बहाली

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले आज पद बहाली गर्नुभएको छ ।

पद बहाली गर्दै मन्त्री महतोले महिला, बालबालिका र ज्येष्ठ नागरिकका मुद्दाको सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री महतोले महिला मन्त्रालय धेरैको छनोटमा नपर्ने प्रवृत्तिलाई तोड्दै सबैलाई आकर्षित गर्ने गरी काम गर्ने बताउनुभयो ।

पद बहालीसँगै मन्त्री महतोले दुर्गम र पहाडी जिल्लाबाट हवाई उद्धार गरेर ल्याइएका सुत्केरीलाई घर फर्कँदा जनही रु.२० हजार घर फिर्ती खर्च उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button