तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, गराले गौडामा सडकबाट भेरी नदीमा बस खसेर दुर्घटना हुँदा एक जना घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३, का सुमन नेपाली रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

सडकबाट नदीमा खसेर डुबेको बसबाट एक जना बेपत्ता भएको र अर्का घाइतेको उद्धार गरी उपचारको लागि मेहलकुना अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्यानको कालीमाटीबाट रिजर्भ लिन सल्ली बजार जाँदै गरेको बस आज दिउँसो छिञ्चु –जाजरकोट सडक खण्डमा तीव्र गतिका कारण अनियन्त्रित भएर बस भेरी नदीमा खसेको हुनसक्ने प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ ।

बसमा सवार मध्ये एक जनाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको उहाँको भनाइ छ ।

बसमा ३ जना मात्रै सवार थिए । बस सडकबाट करिव डेढ सय मिटर तल नदीमा खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button