तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली धनगढी जाने,सुरक्षा व्यवस्था कडा

फाइल तस्विर

धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज धनगढी जादैँ हुनुहुन्छ । प्रधानमन्त्री ओली नेकपा सुदुरपश्चिम प्रदेशसले धनगढीमा आयोजना गरेको नेकपाको जनसभालाई सम्वोधन गर्न धनगढी जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली धनगढी जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । बजार क्षेत्रदेखी कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले सम्वोधन गर्ने जनसभाको सम्पूर्ण तयारी पुरा भएको सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button