तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली धनगढीमा, प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नुहुने

No description available.

धनगढी  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आइपुग्नु भएको छ ।

केही समयअघि धनगढी आइपुग्नु भएका प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीको खुलामञ्चमा आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

यति बेला धनगढीको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । चोक–चोकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जनसभालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रिय सदस्य उद्धव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button