तपाईँ सुन्दै हुनुहुन्छः

जग्गाको स्वामित्व माग गर्दै सुकुम्बासीहरुद्वारा नगरपालिकामा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका सुकुम्बासी नागरिकहरुले जग्गाको स्वामित्व माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न अन्य थुप्रै स्थानीय तहहरुसंग आयोगले सम्झौता गरी काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नभएको भन्दै त्यहाँका हजारौँ सुकुम्बासी आन्दोलित भएका हुन् ।

आफुहरुले चलनभोग गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोबासको प्रबन्ध मिलाइदिन उनीहरुले माग गरेका छन् ।

उनीहरुले आफ्ना मागहरुको सुनुवाई नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । पुस २० गते मौन जुलुस गरिसकेपछि समेत कुनै सुनुवाई नभएकोले २४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए भने २६ गते आइतबार पुनर्वास नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button