तपाईँ सुन्दै हुनुहुन्छः

पातारासीमा पाँच शैयाको कोभिड अस्पताल सञ्चालन


जुम्ला। जुम्लाको पातारासी गाउँपालिकाले कोभिड अस्थाई अस्पताल सञ्चालनमा ल्याएको छ । आईतबार औपचारिक रुपमा उद्घाटन गर्दै पातारासी गाउँपालिकाले पाँच शैयाको भिन्नै कोभिड अस्थाई अस्पताल संचालनमा ल्याएको हो । कोरोना संक्रमणका विरामी अकस्मात भईहालेको खण्डमा पालिकामै उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतन बहादुर बुढ्थापाले बताउनुभयो ।

उहाँका कोरोना भाईरसका विरामी भईहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल शुरु गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको प्रमुख आतिथ्यतामा पालिकाका अध्यक्ष अध्यक्ष लक्षिमन बोहोराले उपस्थितीमा कोभिड अस्पतालका उद्घाटन गर्नुभएको छ । कोभिड अस्थाई अस्पताल उद्धाटन गर्दै अध्यक्ष वोहराले अहिले पनि कोरोना संक्रमण कम नभएको भन्दै कठिन अवस्था आएमा उपचारका लागि अस्पताल संचालनमा ल्याइएको बताउनुभयो । जोखिम आईहालेमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोगमा कुनै कुरामा कमी नगर्ने अध्यक्ष बोहोराले प्रतिवद्धता जनाउनुभयो ।

कोभिड अस्पताल व्यवस्थापनका लागि संघिय सरकारले १० लाख बजेट सहयोग गरेको छ । पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले भन्नुभयो,“कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफनर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर अहिले सम्म मेडिकल अफिसरको दरखास्त परेको छैन् । भने, अरु स्टाफ भर्ना गरि काम सुचारु गरिएको छ ।”

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले दुर्गमका नागरिकहरुको स्वास्थ्य अधिकार सुनिश्चिताका लागि पनि पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएर काम गरिरहेको बताउनुभयो । प्रशासनको तथ्यांक अनुसार जुम्लामा जम्मा संक्रमितको संख्या ४ सय ६३ जना छ । जसमध्य ४ सय ५१ जना निको भएर घरफर्किएरका छन् । भने, १२ जना अझै संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button