तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरी धाममा यस वर्ष मकर मेला नहुने

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थल गोदावरी धाममा यस वर्ष माघ १ गते देखि हुने बाह्र राशि दर्शन मकर मेलामा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ ।
माघ १ गते देखि हुने मकर मेलामा विभिन्न औपचारिक कार्यक्रम गरिँदै आएकोमा यो बर्ष भने कोरोना महामारीका कारण कुनै कार्यक्रम नगरिने गोदावरी धाम विकास समितिका अध्यक्ष पद्मराज जोशीले बताउनु भएको छ ।
उहाँले यस बर्ष विगतका बर्ष जस्तो कुनै कार्यक्रम नराखिएको भए पनि स्वस्फुर्त रुपमा गएर पूजा पाठ गर्न भने रोक नलगाइएको जानकारी दिनु भयो । मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म भने गरिने जोशीले बताउनु भएको छ ।
गोदावरीमा हरेक १२ वर्षमा कुम्भ मेला, ६ वर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button