तपाईँ सुन्दै हुनुहुन्छः

मतदाता नामावली र स्थल सम्बन्धी छलफल 

मतदाता नामावली र मतदान स्थल सम्बन्धी सरोकारवालाको बैठक
बझाङ । जिल्लामा भएका मतदाता नामावली र मतदान स्थलका सम्बन्धमा सरोकारवाला बिच छलफल भएको छ । जिल्ला निर्वाचन कार्यालयले आज एक औपचारिक कार्यक्रम गरी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ का बारेमा जानकारी दिएको थियो ।
हालसम्मको अद्यावधि भएका मतदाता सङ्ख्याको पनि विवरण जानकारी गरिएको थियो । नेपाल सरकारले संसद् विगठन गरेर निर्वाचनको समय पनि निर्धारण गरेको हुँदा निर्वाचन कार्यालयले निर्वाचनका लागी आवश्यक परामर्श,  छलफल र तयारी अगाडि बढाएको हो ।
१ सय ६० मतदान केन्द्र रहेको बझाङमा यसको सङ्ख्या थप्ने वा हटाउने सम्बन्धमा माघ ६ गते बस्ने बैठकले टुङ्गो लगाउने भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर पन्तले बताउनु भयो ।
केही स्थानमा मतदान केन्द्र थप्नु पर्ने कुरा आएको पनि उहाँले बताउनुभयो र यसका लागी अब हुने बैठकले छलफल गरी निर्णय गर्ने बताउनुभयो । १ लाख ४ हजार २ सय मतदाता रहेको बझाङ जिल्लामा अहिले १ लाख १५ हजार ९ सय ३९ मतदाता नामावली दर्ता भएका छन् । मतदाता नामावली सङ्कलन गर्ने काम पौष ६ गतेबाटै बन्द गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button