तपाईँ सुन्दै हुनुहुन्छः

मतदान केन्द्रबारे अनुगमन  र सरोकारवालाबिच छलफल

कञ्चनपुर । कञ्चनपुर जिल्लामा आज जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले  मतदान स्थलका सम्बन्धमा सरोकारवाला बिच छलफल गरेको छ ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको संयोजकत्वमा बसेको बैठकमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले  जिल्लामा रहेका ९ वटै पालीकाका प्रमुखहरू र जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ का बारेमा जानकारी गराएको छ ।
नेपाल सरकारले संसद् विगठन गरेर निर्वाचनको समय पनि निर्धारण गरेको हुँदा निर्वाचन कार्यालयले निर्वाचनका लागी आवश्यक परामर्श,  छलफल र तयारी अगाडि बढाएको हो ।
१ सय ३२ मतदान स्थल र ३ सय २० मतदान केन्द्र रहेको कञ्चनपुरमा यसको सङ्ख्या थप्ने वा हटाउने सम्बन्धमा स्थलगत अनुगमन र सरोकारवाला बिच छलफल गरेर दोस्रो बैठक बसी टुङ्गो लगाउने भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदय राज जोशीले बताउनु भएको छ ।
उहाँले कञ्चनपुर जिल्लामा हाल अनुमानित २ लाख ७७ हजार ५९ जना मतदाता रहेको र २०७४ सालको निर्वाचनमा २ लाख ६४ हजार ९ सय ७३ जना मतदाता रहेको बताउनु भएको छ । मतदाता नामावली अद्यावधि गरेपछि मात्र हालको यकिन मतदाता सङ्ख्या आउने समेत जिल्ला निर्वाचन कार्यालयका प्रमुख  जोशीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button