तपाईँ सुन्दै हुनुहुन्छः

बर्डफ्लु फैलिनबाट रोक्न उच्च सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । भेटेरिेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले बर्डफ्लु फैलिनबाट रोक्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
छिमेकी राष्ट्र भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु निकै तीव्र गतिमा फैलिरहेकोले कञ्चनपुर वासीलाई सर्त रहन भेटेनरी अस्पताल कञ्चनपुरले आग्रह गरेको हो ।
भेटनरी अस्पताल कञ्चनपुरले भारतसँग नजिकै जोडिएका भीमदत्त नगरपालिकाको गड्डाचौकि, बेलौरी, दोधारा चाँदनि, पुर्नवास नाकाबाट भित्रने जीवित पन्छी कुखुरा, हाँस, लगायतका अन्य चरा जाति र त्यसको मासु तथा अन्डा लगायत पन्छीजन्य अप्रशोधित पदार्थहरू र अप्रशोधित पन्छीजन्य उत्पादन सामाग्रीहरू आयात हुन नदिन कञ्चनपुर जिल्लाका सुरक्षा निकाय भन्सार कार्यालय उद्योगी व्यवसायीहरू अन्य सबै सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध समेत गरेको छ ।
भेटेरिेनरी अस्पताल तथा पशु सेवा केन्द्र कञ्चनपुरका प्रमुख पान शिंह ठगुन्नाका अनुसार सिमानासँग जोडिएका ४ वटा नगरपालिकालाई बर्डफ्लु को उच्च जोखिममा रहेकाले सो रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनको लागी पत्र समेत पठाइएको प्रमुखले बताउनु भएको छ ।
खुला सीमा नाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेकोले त्यसतर्फ पनि सम्पुर्ण निकायले मिलेर समयमै ध्यान दिनुपर्ने ठगुन्नाले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button