तपाईँ सुन्दै हुनुहुन्छः

माघी पर्व धुमधामका साथ मनाउने तयारी

वीरगञ्ज । आदिवासी थारु समुदायको बाहुल्यता रहेको पर्साको ग्रामीण क्षेत्रमा थारुहरुको महान पर्व माघी (खिचडी) पर्व धुमधामका मनाउने तयारी भइरहेको छ ।

माघ १ गते माघे सङ्क्रान्तिका दिन थारु समूदायले पर्साका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी थारु सम्वत २६४५ नयाँ वर्ष तथा माघी खिचडी पर्व मनाउने तयारी गरिरहेका छन् ।

पर्सा, बारा र रौतहटका थारु समूदायले वीरगञ्जको आर्दश नगरस्थित स्वीमिङ्ग पूलमा माघी पर्व मनाउने तयारी गरिरहेको माघी खिचडी मूल समितिका अध्यक्ष प्रभू चौधरीले जानकारी दिनुभयो ।

माघ १ गते घण्टाघरमा झाँकीसहित थारु परम्परागत पहिरनको प्रदर्शन गर्दै स्वीमिङ्ग पूलसम्म र्याली निकाल्दै कार्यक्रम स्थलमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा थारु परम्परागत झम्टा, घाटो लगायतका गित तथा नृत्य प्रस्तुत गरिने अध्यक्ष चौधरीले बताउनुभयो । यसका साथै थारु समूदायका संस्कृति झल्कने विभिन्न सामाजिक क्रियाकलापको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

यता जिराभवानी गाउपालिका वडा न ३ को वडा कार्यालयले माघी खिचडी महोत्सव आयोजना गर्न लागेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button