२०७७ साल माघ १४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुदै खाँडो नाँच

बद्री पन्त २०७७ पुष २९ गते ९:४२

जाजरकोट ।  जाजरकोटको कुशे गाउँपालिका ५, ढिमे, दम्दाला र खुर्पागाउँ नाचिने पौरानिक खाँडो नाँच झाँदेउ देवताको नाममा नाँचिने निकै चर्चित नाँच हो । हातमा ढाल तरवार लिएर दमाहाको तालमा नाँचिने खाँडो नाँच भब्य लडाईको तयारी भैरहेको वा लडाई जितेर लडाईकै मोर्चामा विजयी नाँच नाँचिरहेको जस्तो दर्शकहरुले अनुभुती गरिने नाँच भन्नु हुन्छ स्थानी गजबहादुर मल्ल । यो नाच लोप हुदै गएको मल्लको भनाइ छ ।

यो खाँडो नाँच्न हातमा ढाल, तरवार लिएर ढल्की–ढल्की नाँच्दै गर्दा मञ्चमा उपस्थित भएका दर्सकहरुको गडगडाड तालिपिट्दै हेरेर रमाउँने गरिन्छ । स्थानीय सँस्कृति रहे हामी रहन्छौं हामी रहे संस्कृति रहन्छ भन्दै यसको लागि सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बुढापाकाहरु बताउँ छन् ।

गाउँपालिका भित्र रहेका खाँडो लगाएत स्थानीय कला साँस्कृति सँरक्षण तथा जर्गेना गर्न स्थानीय सरकार लागि परेको बताउनु हुन्छ गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेत ।

स्थानीय दलबहादुर थापाले स्थानीय कला संस्कृति संरक्षण गर्न युवा पुस्ता अग्रसर हुनु पर्ने बताउनु हुन्छ । पाँच बर्षको एक पटक पुस पूर्णिमाको दिन झाँदेउ मेलामा विशेष गरी खाँडो नाच नाचिने थापाको भनाइ छ । खाँडो संरक्षण गर्न स्थानीय युवा पुस्ता जागरुप हुनु पर्ने थापा बताउनु हुन्छ ।
के हो त झाँदेउ पुजा !

पुजारीले पुजा गर्नु एक दिन पहिले कपाल देखि आँखीभौंसम्म विलेटले फालेर शिरमा कात्रो बाँधेर खाली पेट बस्नु पर्ने परम्परा रहि आएको पुजारी बीरे मल्लले जानकारी दिनु भयो । बारेकोट गाउँपालिका अन्तर्गत पर्ने ताँसीको धुपी, रग्र्यामको निगालो, बाँसको सुपो, सल्लीको टुपो अनिवार्य प्रयोग गरिनु पर्ने देवताका पुजारी मल्लको भनाई छ ।

साथै देवताको नाममा जाँडको ठाँ लगाउनु पर्ने, चल्ला काटेर रगत चढाउनु पर्ने, साँढको मुटू झिकेर मंन्दीरमा चढाउनु पर्ने, गोरुको साँढे छोड्नु पर्ने, ढाँल तरवार हातमा लिएर खाँडो नाँच नाँच्नु पर्ने, देवताका धामीसंग चो भाई खेल्नु पर्ने पुजारी मल्लको भनाई रहेको छ । पुजा गर्ने पुजारी देवता आफैले छानौट गर्दै आएको देवताका जानकार दिपबहादुर थापाले बताउनुभयो ।

हरेक पूजारीले झाँदेउको एक पूजा भन्दा अर्को पुजा लगाउन ९पाँच बर्ष वित्न० नपाउदै पूजारीको मृत्यु भईहाल्ने अघिल्लो पुस्तामा भएता पनि हालका पूजारी बीरे मल्ल पुजारी भएको झण्डै ७५ वर्ष वितिसकेको छ तर, पुजारी जीवित नै छन् ।

पाँच बर्षमा एक पटक पुजा गरिने झाँदेउ मेलाको पुजा पुजारी मल्लले आफ्नो जीवन कालमा १५ पटक गरि सकेको वताउनु भयो । ८१ बर्षिय पुजारी बीरे मल्लले पहिलो पुजा ८ बर्षको उम्मेरमा गरेको वताउनु भयो ।

लामाहरुको देवता !
मुगूवाट ढिमे बसाई–सराई गरेका लामा९भोटे०हरुले झाँदेउलाई मान्दै आएको वडा अध्यक्ष लक्ष्मण सिंहले बताउनु भयो । झण्डै २ सय बर्ष पहिले झाँदेउ र राँदेउ देवता लामा ९भोटे०हरुको भएता पनि रुकुम गोतामकोटमा बस्ने गोतामी राजा गौरव मल्ल शिकार खेल्न पहिलो पटक ढिमे आईपुग्दा ढिमेमा रहेको लामा९भोट०ेको राजासंग मित लगाएको हाल ढिमेका मल्लहरुको वंशावलीमा उल्लेख गरिएको छ ।

गोतामकोटका गौरव मल्ल दोश्रो–तेश्रो पटक शिकार खेल्न ढिमे आई पुग्दा ढिमेको जग्गा, जमिन, वनजंगल राजा मल्लले मनपराए आफ्नै मित लामा९भोटे० राजासंग लडाई लड्ने योजना वनाएको सिंहको भनाई रहेको छ ।

दुई सय बर्ष पहिले गौरव मल्लले कायमैदेका कयाल टमट्टा, दामाचौरका दामे ढोली, गोतामकोटका गोतामे सार्की र गिठाकोटका बाहुँनलाई साथमा ल्याएर लामा ९भोटे० मितसंगको लडाई जितेर सिङ्गै ढिमेको गाउँलाई कब्जा गरेपछि लामाहरुको देवतालाई हाल ४ गाउँका नागरिकहरुले कुलदेवताका रुपमा मान्नु पर्ने अबस्था श्रृजना भएको अध्यक्ष सिंहले बताउनु भयो ।

पंञ्चवर्षिय रुपमा मनाईउदै आएको झाँदेउलाई भान्जलाई काँटेर मान्छेको भोग चढाउनु पर्ने परम्परा लामा९भोटे०हरुकै पाला देखि चल्दै आएको चलन भएको स्थानीय पत्रकार डिल्ली थापाले बताउनु भयो । गौरब मल्लको पालामा भान्जलाई काँटेर मान्छेको भोग चढाउने प्रचलनको अन्त्य गरि साँढको मुटु झिकेर देवताको मन्दिरमा चढाउने चलनको सुरुवात भएको थापाले वताउनु भयो ।

देवताको नाममा गोरुको साँढे छोड्नु पर्ने प्रचलन पनि गौरब मल्लकै पाला देखि सुरु गरिएको हो । समयको बिकासक्रमसंगै पुजा गर्ने प्रचलनको परिमार्जन हुदै आईरहेको छ ।

आगामी दिनमा गाउँमा महिलाहरु र युवाहरुको छुट्टाछुट्टै टीम बनाएर नियमित रुपमा खाँडो नाँच्ने व्यवस्था मिलाउने वडा अध्यक्ष सिंहले जानकारी दिनु भयो । घरायसी कामको बोझले महिलाहरुलाई खाँडो नाँच्न फुर्सद नभएता पनि पुरुष सरह नाँच्न सकिने स्थानीय निर्मला थापाको भनाई रहेको छ ।