तपाईँ सुन्दै हुनुहुन्छः

भारतद्धारा मिचिएको कालापानी र लिम्पियाधुराको नेपाली भुमी फिर्ता हुन्छ : मन्त्री ठगुन्ना

डडेल्धुरा । संघिय सरकारका सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले भारतद्धारा मिचिएको नेपाली भुमी कालापानी र लिम्पीयाधुरा फिर्ता गराउन सरकारले कुटनैतिक पहल गरिरहेको बताउनु भएको छ ।

सदियौंै बर्षदेखिको नेपाली भुमी फिर्ता गराउन यसै सरकारको पालामा अघि बढेको स्मरण गराउद्ै मन्त्री ठगुन्नाले संसदसभाबाट नक्सापास गरि भुमी फिर्ता गराउन भारतसंग कुटनैतिक पहल भईरहेको स्पष्ट पार्नुभएको छ ।

डडेल्धुरामा आज बिहान पत्रकार महासंघ डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ठगुन्नाल् आफ्नै पार्टिबाट सरकारमाथी अबिश्वासको प्रस्ताब ल्याउने काम भएपछि सरकारले ताजाजनादेशमा जाने कुरा लोकतान्त्रिक र सबैधानिक दुबै कुराले ठिक भएको जिकिर गर्नुभएको छ ।

तिन तहका सरकार गठन संगै कर्मचारी अभाब स्वभाबिक भएको भन्दै छिट्टै कर्मचारी परिपुर्ति गर्ने सवालमा सरकार लागी रहेको बताउनुभयो । मन्त्री ठगुन्नाले सरकारले् तोकेको समयमा निर्बाचन हुने कुरामा सबै नागरिकमा ढुक्क रहन बिश्वस्त समेत पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button