तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका दुई सय ६० पत्रकारको निःशुल्क दुर्घटना बिमा

सुनसरी । प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना पत्रकारहरूको निःशुल्क दुर्घटना बिमा गरेको छ ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका दुई सय ६० जना पत्रकारहरूको दुर्घटना बिमा गरिएको हो ।

मङ्गलवार अजोड इन्स्योरेन्स कम्पनी सुन्धारा काठमाडौँमा इन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष अधिकारीबीच सम्झौता भएको छ ।

सम्झौतामा १ वर्षसम्म बिमा गरेका पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाइते भएमा ७० हजारसम्म प्रदान गरिने उल्लेख गरिएको छ ।

हामीले यसअघि कोरोना बिमा गरेका पत्रकारहरूको दुर्घटना बिमा गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रेस युनियन सुनसरीले विराटनगरको नोबेल अस्पतालसँग जिल्लाका पत्रकारको उपचारका लागि ५० प्रतिशत छुट गर्नेगरीको सम्झौता समेत भएको छ ।

अध्यक्ष अधिकारीका अनुसार यसअघि कोरोना बिमा गरिएकामध्ये ३२ जनालाई कोरोना सङ्क्रमण भएको र ती मध्ये २२ जनाको जनही १ लाखका दरले पैसा आइसकेको छ । २२ जनाको पैसा आइसकेको र १६ जनाको हस्तान्तरण भइसकेको छ उहाँले भन्नुभयो, बाँकी ७ जनाको केही दिनमा एक कार्यक्रम गरी पैसा हस्तान्तरण गरिने अन्य दश जनाको आउने प्रक्रियामा छ ।

अग्र भागमा रहेर दैनिक फिल्डमा खट्ने पत्रकारहरू जोखिममा रहेकाले आँफूहरुले उक्त बीमाको कार्यक्रम ल्याइएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button