तपाईँ सुन्दै हुनुहुन्छः

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका–६ बरला बजार नजिकै मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शारदा नगरपालिका–६ बरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

ढोर चौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ न को बसले श्रीनगरबाट बरला जाँदै गरेको रा३प ८७६७ न मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भण्डारीको सल्यान जिल्ला अस्पताल खलङ्गामा उपचारको क्रममा मृत्यु भएको ओलीको भनाई छ ।

ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button