तपाईँ सुन्दै हुनुहुन्छः

रामारोशन गाउँपालिकाद्वारा नदीजन्य वस्तु उत्खनन्मा रोक 

अछाम । अछामको रामारोशन गाउँपालिकाले बालुवा, ढुंगा, गिट्टी सङ्कलन तथा उत्खनन् कार्यमा रोक लगाएको छ ।

कैलाशखोला र आसपासका शाखा खोलामा अनियन्त्रित रुपमा बालुवा, ढुंगा, गिट्टी अवैध रुपमा उत्खनन् निकासीको कार्य भएको र प्रकोपले आगामी ठुलो जनधनको क्षति सम्भावनालाई मध्येनजर गर्दै पालिकाको राजश्व प्ररामर्स समितिको बैठकले रोक लगाउने निर्णय गरेको हो ।

आगामी दिनमा बालुवा, ढुंगा र गिट्टी उत्खनन्  कार्यलाई ठेक्का प्रक्रिया मार्फत व्यवस्थित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाले कैलाशखोला र आसपासका खोलामा बालुवा, ढुंगा, गिट्टी सङ्कलन तथा उत्खनन् कार्य नगर्न पनि आग्रह गरेको प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

आवश्यक सहयोगका लागि शान्तडा र रामारोशन प्रहरी चौकीले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button