तपाईँ सुन्दै हुनुहुन्छः

चिसोका कारण समस्यामा परेका बालबालिकालाई सहयोग

सप्तरी । नेपालको एक मात्र टापु सप्तरीको गोबरगाढास्थित रहेको एक अधारभुत विद्यालयका बालबालिका चिसोका कारण विद्यालय जान समस्यामा परेकालाई सैनिक श्रीमती संघ तथा अजिज फाउण्डेशन नेपालले न्यानो कपडा लगायतका सामग्री वितरण गरेका छन ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विकट गाउँ गोबरगाढास्थित सारदा आधारभूत विद्यालयका १ सय ३५ बालबालिकालाई सैनिक श्रीमती संघ र अजिज फाउण्डेशन नेपालले न्यानो कपडा तथा ब्याग लगायतका सामाग्री वितरण गरेका हुन् ।

नेपाली सेना भिम दल गण राजविराजसितको समन्वयमा विद्यालयमै पुगेर सैनिक श्रीमती संघ भद्रकालीले स्कुल ब्याग, जुत्ता, मोजा तथा अजिज फाउण्डेशन नेपालले ट्रयाकसुट र टिसर्ट वितरण गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच सैनिक श्रीमती संघकी सदस्य सुप्रिया थापा, भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, फाउण्डेशनका संस्थापक अध्यक्ष सेरकी लामु शेर्पा, संस्थापक सदस्य रोशन भण्डारी, एम्बेसडर डा. किशन भण्डारी लगायतले बालबालिकालाई सामाग्री वितरण गर्नुभएको हो ।

चिसोबाट बढी प्रभावित तथा आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारका बालबालिकाको सूची तयार गरी विद्यालयमै पुगेर वितरण गरिएको जानकारी प्रमुख सेनानी भण्डारीले दिनुभयो ।

केही दिन अघिमात्र अपाङ दिवसको अवसरमा सैनिक श्रीमती संघले एक कार्यक्रमको आयोजना गरी शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताउन बाध्य १३ जनालाई ह्वील चेयर वितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button