तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशस्तरीय छनौट खेलः रुपन्देही फाइनलमा

file photo

रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनौट खेलमा रुपन्देही समूह ‘ए’बाट फाइनल पुगेको छ ।

बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा पाल्पालाई १५८ रनको भारी अन्तरले हराउँदै रुपन्देही फाइनल प्रवेश गरेको हो । रुपन्देहीले बिहीबार समूह ‘बी’बाट विजेता बाँकेसँग प्रतिस्पर्धा गर्नेछ ।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ४ विकेटको क्षतिमा २५४ रन बनायो । उसका लागि शौरभ खनालले ८४, प्रकाश केसीले नटआउट ७४, कृष्ण कार्की नटआउट ३३ र सन्दीप रजालीले २२ रनको योगदान गरे । बलिङमा पाल्पाका शिव शर्माले २, नरेश कुमार सार्की र सुरेश गोदारले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले ३६.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ९६ रन मात्रै बनायो । उसका लागि रुपेश बश्याल (ए)ले ४१, रुपेश बश्याल (बी)ले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्न बलिङमा रुपन्देहीका नितेष थापा र अनिल खरेल ३–३ तथा धनबहादुर साहीले २ विकेट लिए । रुपन्देहीका शौरभ खनाल म्यान अफ द म्याच भई पुरस्कृत भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button