तपाईँ सुन्दै हुनुहुन्छः

चालु योजनाहरुलाई बजेट अभाव हुन्नः मन्त्री नेम्वाङ

पाँचथर । भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बजेट अभावका कारण सञ्चालित कुनै पनि आयोजना नरोकिने बताउनुभएको छ । उहाँले सरकारले चालु योजनाहरुलाई सरकारले पुग्दो बजेट पठाउने बताउनुभयो ।

मन्त्री नेम्वाङले फिदिम नगरपालिकाको आठौं नगरसभाको उद्घाटन गर्दै सरकारले फुस्को छानो हटाउने कार्य अघि बढाएको, ३९६ वटा अस्पताल शिलान्यास गरेको, विकासका थुप्रै योजनाहरु अघि बढाएको बताउनुभएको छ ।

मन्त्री नेम्वाङले आफ्नै पार्टीका नेताहरुबाट सरकारलाई असहयोग भएपछि केपी ओली नेतृत्वको सरकारलाई जनतामा जाने विकल्प मात्र रहेकोले सरकारले निर्वाचन घोषणा गरेको बताउनुभएको छ ।

मन्त्री नेम्वाङले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा जुट्न पार्टी कार्यकर्ता, अन्य दल समेतलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button