तपाईँ सुन्दै हुनुहुन्छः

आलापोटका ८०० घरलाई गुणस्तरीय खानेपानी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा खानेपानी वितरण गर्न दुई लाख ३० हजार लिटर क्षमताको ट्याङ्की र फिल्टर निर्माण गरिएको छ ।

वाग्मती प्रदेश सरकारको १ करोड ३० लाख रुपियाको लागतमा सो योजना सम्पन्न गरिएको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तरगत खानेपानी डिभिजन कार्यालय भक्तपुरले ट्याङ्की र फिल्टर निर्माण गरेको र शुद्धीकरण गरिएको पानी वडाका करिब ८०० घरलाई वितरण गरिने आयोजनाले जनाएको छ ।

नवनिर्मित ट्याङ्की र फिल्टरको आज उद्घाटन गर्नुहुँदै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभर एक घर एक धाराको नीति अनुसार काम भइरहेको बताउनुभयो ।

पानीका स्रोत संरक्षण गरी प्रदेशसभाका ६६ वटै निर्वाचन क्षेत्रमा गुणस्तरीय पानी उपलब्ध गराउनका लागि तालतलैया, ढुङ्गेधारा र राजकुलोको संरक्षण गरिने मन्त्री फुयाँलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button