तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सम्पन्न गर्नु आयोगको प्रमुख कार्यभारः प्रमुख आयुक्त

file photo

काठमाडौं । प्रमुख निर्वाचन दिनेशकुमार थपलियाले स्वच्छ, निष्पक्ष, र मितव्ययी रुपले निर्वाचन सम्पन्न गर्न मतदाता नामावली अद्यावधिक गर्ने र मतदान स्थल पुनरावलोकन सम्बन्धी कार्य सरोकारवालाहरूसँग प्रभावकारी समन्वय गरी सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम कार्यान्वयनसम्बन्धी जिल्ला निर्वाचन कार्यालयमा कार्यरत सञ्चालित एक दिने प्रशिक्षण कार्यक्रमको आज अनलाइन प्रविधिमार्फत् उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्था अनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन गरिने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पुर्याउने हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी बमोजिमका निर्वाचन सम्पन्न गर्नु आयोगको प्रमुख कार्यभार भएको बतानउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button