तपाईँ सुन्दै हुनुहुन्छः

पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल बिहीबारदेखि

काठमाडौं । सूर्योदय एजुकेसन फाउन्डेसनको आयोजनामा प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ब्वाइजमा ३२ र गल्समा १६ गरी जम्मा ४८ टिमको सहभागिता रहने आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कोभिड– १९ को अवस्थामा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त गराउन स्वास्थ्य मापडण्ड अपनाएर प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष केसीले बताउनुभयो ।

प्रतियोगितामा एसइइ दिएका र दिने तयारीमा रहेका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । लिग कम नकआउट आधारमा तीन दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button