तपाईँ सुन्दै हुनुहुन्छः

‘चुनावमा सहभागी हुने भएमा पार्टी एकताको सम्भावना कायमै’

file photo

झापा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिई बैशाखमा हुने चुनावमा सहभागी हुने भएमा पार्टी एकताको सम्भावना कायमै रहेकोे बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज झापाको विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलामा उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता नभए केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड–नेपाल समूहले हास्यास्पद मुद्दा झिकेर पार्टीमा लफडा गरेकै कारण प्रतिनिभिसभा विघटन गर्नुपर्ने परिस्थिति आएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा प्रचण्ड –नेपाल समूहले जनतासँग डराएर चुनाव रोक्न दबाब दिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button