तपाईँ सुन्दै हुनुहुन्छः

सार्क चेम्बर क्राफ्टमा नयाँ नेतृत्व

‘काठमाडौं । सार्क चेम्बर क्राफ्ट भिलेज नेपाल’को आज सम्पन्न १५औँ साधारणसभाले शारदा रिजाल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको सञ्चालक सदस्यमा निता रेग्मी, शोभा ज्ञवाली, ऋतु स्थापित, रीता भण्डारी, भवानी राणा, छायाँ शर्मा, प्रमिला रिजाल, चित्राबहादुर केसी, रनिव अमात्य र निरु रायमाझी चयन हुनुभएको छ । सो संस्थाले दक्षिण एशियाली (सार्क) मुलुकका महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण, प्रवर्द्धन, आयात–निर्यात गर्नेछ ।

नेपालका महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, सौन्दर्यका सामान, हस्तकलाका समान अन्य मुलुकमा पठाइने गरिएको छ । चार वर्षका लागि निर्वाचित अध्यक्ष अधिकारीले कोभिड–१९ का कारण प्रभावित भएको बजार व्यवस्थालाई अनलाइन माध्यमबाट विस्तार गराउन आफूले पहल गर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button