तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी सदरमुकाममा एक सातासम्म योगाभ्यास गरिने

बैतडी । बैतडीमा एक सातासम्मका लागी योगाभ्यास सुरु गरिएको छ । वीरेन्द्र माध्यमिक विद्यालय साहीलेक बैतडीको प्राङ्गणमा योगाभ्यास आजदेखि सुरु गरिएको हो ।
विश्व योग दिवसको अवसरमा आजदेखि योगाभ्यास सुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । योग गुरु कञ्चन ठगुन्नाले योग अभ्यासको प्रशिक्षण गरिरहनुभएको छ ।
आज पहिलो दिनको योगाभ्यासमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख हरिण्ड बहादुर कुवँर, सशस्त्र प्रहरी प्रमुख गणेश बहादुर शाह लगायत जिल्लास्थित कार्यालयहरूका प्रतिनिधि, केही व्यवसायी, पत्रकार लगायतको सहभागितामा रहेको थियो ।
दिवसका अवसरमा मात्रै नभई नियमित योग गर्ने योजना अनुरूप एक हप्ता सम्म योगाभ्यास गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । आगामी दिनहरूमा जिल्ला कारागार र विद्यालयहरूमा पनि योगाभ्यास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button