तपाईँ सुन्दै हुनुहुन्छः

जैविक तटबन्धबारे कञ्चनपुरमा सम्भाव्यता अध्ययन

कञ्चनपुर ।  कञ्चनपुरमा जैविक तटबन्धबारे सम्भाव्यता अध्ययन गरीएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा महेन्द्रनगर र मर्सिकोर नेपाल धनगढीको संयुक्त टोलीले स्याली,बनहरा र दोदा नदीले गरेको कटानी रोकथाम र नियन्त्रणका लागि सम्भाव्यता अध्ययन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र मर्सिकोर नेपाल कैलालीको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाको तेस्रो चरण अन्तरगत शुक्लाफाँटा नगरपालिका वडा न ३ जोनापुर,कृष्णपुर नगरपालिका ३ बडबैका टोल,लालझाडी गाउँपालिका वडा न २ कञ्ज, बिनबारी १ र पुनर्वास नगरपालिका वडा नं ७ परासन र वडा न ९ सीता बस्तीमा जैविक तटबन्धबारे परियोजना र स्थानीय सरकार सहितको टोलीले सम्भाव्यता अध्ययन गरेको परियोजना अधिकृत महेश घिमिरेले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button