तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकामा टेलिफोन टावर सञ्चालनमा आउने

कञ्चनपुर । कञ्चनपुरको दुर्गम गाउँ भीमदत्त नगरपालिका–९ खल्ला, टुँडिखेल र मुसेट्टीमा केही दिनभित्र टेलिफोन टावर सञ्चालनमा आउने भएको छ । विद्युत् सेवा सञ्चालन भएसँगै टेलिफोन टावर सञ्चालन आउन लागेको हो ।

भीमदत्त नगरपालिकाको सहकार्य र समन्वयमा नेपाल टेलिकमले टेलिफोन टावर बनाएको हो । विद्युत् सञ्चालन नहुँदा तीन बस्तीलाई टेलिफोन सेवा पुग्ने गरी बनाइएको टावर सञ्चालनमा आउन ढिलाइ भएको थियो ।

भीमदत्त नगरपालिकाको उज्यालो भीमदत्त अन्तर्गत वर्षौँदेखि अँध्यारो खल्ला मुसेट्टीलाई विद्युत् प्राधिकरणसित सहकार्य गरी विद्युतीय गरिएको छ । अहिले तीन बस्तीका बासिन्दाका घरमा विद्युत् लाइन विस्तार कार्य भइरहेको छ ।

टेलिफोन टावर सञ्चालनमा आएपछि तीन बस्तीका बासिन्दाले पहिलो पटक टेलिफोन सेवा प्रयोग गर्न पाउने भएका छन् । यस क्षेत्रका बासिन्दा अहिले भारतीय सिम कार्डमार्फत सञ्चार सुविधा लिइरहेका छन् ।

भारतीय सीमावर्ती क्षेत्र उजलीकोटको मोबाइल नेटवर्कले काम गर्दा अधिकांशले भारतीय सीमा प्रयोग गर्दै आएका छन् । टुँडिखेलमा टावर सञ्चालन आएपछि भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता हट्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button