तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित, १९ जनवरीमा फेरि वार्ता हुने

नयाँ दिल्ली। भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ ।

कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गर्नुभएको थियो ।

सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवाँै पटक वार्ता भएपनि सहमति हुन नसकेको हो ।

शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ ।

किसानहरुको माग प्रति सरकारी पक्ष धेरै नै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको भनाइ छ ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताउनुभयो ।

“आज कुनै सहमति हुन सकेन, त्यसैले हामी फेरि यही जनवरी १९ तारिखको मध्यान्ह १२ बजे भेट्नेगरी छुट्टिएका छौँ,” शुक्रबार उहाँले भन्नुभयो ।

भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानहरुले बृहत प्रदर्शन गरेका थिए ।रासस/पिटिआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button