तपाईँ सुन्दै हुनुहुन्छः

वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताउनुभएको छ ।

डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताउनुभयो ।

न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान विश्वव्यापी महामारीको स्थितिको आधारमा र अन्य देशहरूद्वारा गरिएको व्यवस्थाको आधारमा तर्जुमा गरिएको पनि उहाँले बताउनुभयो । यो अभियानको उद्देश्य महामारी रोकथाम र नियन्त्रण सुनिश्चित गर्दै चिनियाँ र विदेशी कर्मचारीहरूबीच आपसमा अनुभव आदानप्रदानको ग्यारेन्टी गर्नु रहने भएको उहाँको दावी थियो ।

“महामारीको रोकथाम र नियन्त्रणका साथै सुरक्षाको रक्षार्थ ‘क्रस इन्फेक्सन’को जोखिमलाई न्यूनीकरण गर्नु पनि चीनले कमाएकोे उपलब्धी रहेको र यसको उक्त टोलीले प्रशंसा गरेको बताइएको छ ।

चीनले महामारीको रोकथामसम्बन्धी नियम र आवश्यकताको कडाईका साथ पालन गर्नेछ र डब्ल्यूएचओ विशेषज्ञहरूलाई सहयोग पु¥याउनेछ । चीनले वुहानमा रहँदा उक्त टोलीलानई भाइरसको उत्पत्ति पत्ता लगाउन सहयोग पु¥याउने पनि झाओले बताउनुभयो ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button