तपाईँ सुन्दै हुनुहुन्छः

‘फेरीपनि ल्याउनुपर्छ केपी ओलीलाई’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको गीत प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा केन्द्रित छ ।
गीतमा प्रधानमन्त्रीको नेतृत्वमा  ढलेको धरहरा उठेको र राष्ट्रियतासमेत मजमुत बनेको उल्लेख छ । ओलीको नेतृत्वमा देशको पुरा नक्सा सार्वजनिक भएको भन्दै गीतमा अझै जमिन ल्याउन बाँकी रहेको र समृद्धिको सपना साकार पार्न ओलीको खाँचो परेको उल्लेख छ ।
‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’
‘देशको लागि आज अनि चाहियो भोलिलाई’ 
भन्दै, गीतमा प्रधानमन्त्री ओलीले नाकाबन्दी डटेर मुकाबिला गरेको र छिमेकीसँगको सम्बन्धपनि समानताको आधारमा बढाएको उल्लेख छ ।
समृद्धिको संवाहक ओली नै भएको भन्दै गीतमा देशभरका हवाई मैदान आधुनिक बनाउने काममा ओलीको भूमिका रहेको र पूर्वपश्चिम रेलमार्ग ओलीकै नेतृत्वमा सम्पन्न हुने विश्वास गरिएको छ ।
गीतमा फौद बहादुर बस्नेत र ध्रुवराज धितालकोसमेत स्वर रहेको छ भने सङ्गीत ध्रुवराज धितालले दिनुभएको हो ।  गीतका शब्द फौद बहादुर बस्नेतले लेख्नुभएको हो ।
होनुहोस् सार्वजनिक भएको गीत :

प्रतिक्रिया राख्नुहोस्

Back to top button