तपाईँ सुन्दै हुनुहुन्छः

घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला

पोखरा । प्रसिद्ध पर्यटकीय घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला गरिएको छ ।
कोरोना भाइरसका कारण बन्द गरिएको ग्रामीण पर्यटनको प्रमुख गन्तव्य मानिएको घान्द्रुक गाउँ माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिएको हो ।
घान्द्रुक गाउँसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका लागि पनि माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिएको छ ।
घान्द्रुक गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु मानिन्छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखि बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुल्ला गरिएको किसम गुरुङले बताउनुभयो ।
सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका सबैजसो गन्तव्यहरूमा चहलपहल सुरु भएतापनि घान्द्रुक गाउँ पर्यटकका लागि खुल्ला गरिएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button