तपाईँ सुन्दै हुनुहुन्छः

असहाय तथा असक्तलाई कम्बल वितरण

विराटनगर । नेपाल वैश्य युवासंघ मोरङले घरबार विहीन भएर सडक पेटीमा बस्दै आएका असक्त तथा बेसहारालाई आज न्यानो कपडा कम्बल वितरण गरेको छ ।

विराटनगरका विभिन्न स्थानका सडक पेटीमा बस्दै आएका तथा  मागेर जीवन गुजारा गरिरहेको २० जना असक्त तथा असहायलाई वैश्य युवासंघले कम्बल वितरण गरेको हो । संघका अध्यक्ष गणेशकुमार साहले उनीहरूलाई कम्बल वितरण गर्नु भएको हो ।

केही दिन देखी अत्यधिक चिसो बढेपछि विराटनगर बसपार्क, शनीमन्दिर, कोशी अस्पताल, तिनपैनी तथा नोबेल अस्पताल चोक लगायतका स्थानमा असक्त असहायलाई कम्बल वितरण गरेको साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button