तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मत तालिम सुरु

बारा । राष्ट्रिय दुग्ध बिकास बोर्ड, ललितपुरको आयोजनामा  बाराको निजगढमा मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मत तालिम सुरु भएको छ । निजगढ नगरपालिका वडा नं.६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको सभाहलमा भईरहेको तालिम ५ दिनसम्म चल्ने छ ।

तालिममा डेरी टेक्नोलोजिष्ट राजेश बि.सि र पाण्डव डेरी सफ्टवेयर बुटवलका कपिलदेव न्यौपानेले प्रशिक्षण दिईरहनुभएको छ । दुग्धको गुणस्तर परीक्षण गर्न प्रयोग गरिने मिल्क एनालाइजर मेसिन सम्बन्धमा प्राविधिक ज्ञानको बारेमा जानकारी नहुँदा, मेसिनमा सानोतिनो समस्या उत्पन्न हुँदा पनि बुटबल जानुपर्ने बाध्यता रहदै आएको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।

तालिममा बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका १२ जना दुध संकलकसहित  बारा, रौतहट, सर्लाही, चितवन र मकवानपुर जिल्लाका करिब ३० जना दुग्ध सङ्कलकहरुको सहभागिता छ ।

तालिमको समापन माघ ९ गते दुग्ध बिकास बोर्डका महानिर्देशक डा. राजेन्द्र प्रसाद यादवले गर्ने तय गरिएको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button