तपाईँ सुन्दै हुनुहुन्छः

निफ्राको आइपीओमा मागभन्दा झन्डै साँढे दुई गुणा बढी आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक निफ्राले गत शुक्रबारबाट खुलाएको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) मा कम्पनीले माग गरेको भन्दा झन्डै साँढे दुई गुणा बढी सेयरका लागि आवेदन परेको छ ।

सेयरको आवेदन खुला गरिएको माघ २ देखि ६ सम्मको पाँच दिनमा निफ्राको सेयर माग गर्दै १५ लाखभन्दा धेरै आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख राम महतले जानकारी दिनुभयो ।

आवेदकहरुबाट करिब १८ अर्ब रुपैयाँ बराबरको सेयरका लागि आवेदन परेको छ । यो कुनैपनि कम्पनीको आईपीओका लागि अहिले सम्मपरेको सबैभन्दा ठूलो रकमको आवेदन हो ।

निफ्राले खुलाएको यो आईपीओ रकम र एकाइ दुवै हिसाबले नेपालमा हालसम्मकै ठूलो निष्काशन हो ।

यसमा १ लाख ६० हजार कित्ता बैंकका कर्मचारीहरुका लागि र ४ लाख कित्ता सामूहिक लगानी कोषहरु (म्युचअल फण्ड) का लागि छुट्याइएको छ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको नाममा हुने गरी आवेदन माग गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button