तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको प्रादेशिक प्रसारण समयावधि चैत्रदेखि ५ घण्टासम्म हुने

धनकुटा । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रादेशिक प्रसारण समायावधि आगामी चैत्रदेखि ५ घण्टा हुने बताउनुभएको छ ।

कार्यकारी निर्देशक केसीले आज रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय धनकुटाको निरीक्षणका क्रममा प्रसारण हुने सामाग्रीहरु अझ गुणस्तरीय र प्रभावकारी बनाउनको लागि रेडियो नेपालले कार्य गरिरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालको पहुँच अझ विस्तार गर्न चाँडै नै ओखलढुङ्गा र दोलखामा एफ एम ट्रान्समिटर राख्नका लागि बोलपत्रको प्रक्रिया भइरहेको बताउनुभयो । उहाँले विराटनगरमा रहेको तारणीप्रसाद स्मृति सञ्चारग्रामलाई मिडिया हबको रुपमा स्थापित गर्न निर्देशिका स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिश गरिएको पनि जानकारी दिनुभयो ।

रेडियो नेपाल योजना विकास तथा विस्तार महाशाखाका निर्देशक पुस्करराज गौतम र रेडियो नेपाल धरान प्रसारण कार्यालयका प्रमुख सुरेशप्रसाद बास्तोलासहितको उपस्थिति रहेको कार्यक्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयका प्रमुख तिलकराम चौधरीले प्रसारण केन्द्रको गतिविधिहरु जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button