तपाईँ सुन्दै हुनुहुन्छः

रुपनगर चोकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्ग निर्माण कार्य तीव्र गतिमा हुँदै

सप्तरी । राष्ट्रिय योजना अन्तर्गत सप्तरीको रुपनगर चौकदेखि उदयपुरको शिवाइसम्मको मदन भण्डारी मार्गको निर्माण कार्य अहिले तीव्र रूपमा भइरहेको छ  ।
२०७५ साल फागुन १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भण्डारी मार्गको निर्माण कार्य तीव्र रूपमा भइरहेको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिनुभयो ।
मदन भण्डारी मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर चौकदेखि चर्खिया, बस्तीपुर, श्रावणपुर, पौडाहा खोला हुँदै उदयपुरको सिवाई सम्मको सडक निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक बर्ष २०७७/०७८ मा ठेक्का पाएका बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले चर्खिया देखि पौडाहा खोला श्रावणपुर सम्मको सडक खण्डमा कालो पत्रेका लागि अहिले माटो खसाउने र ग्राभेलको काम सुरु गरेको छ ।
यस आर्थिक वर्षमा रु ४ करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौँले तत्काल मदन भण्डारी मार्ग सडकमा माटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्रे समेत गर्ने योजनाका साथ सडक बाटो निर्माणको काम तीव्र रूपमा भइरहेको जनाएको छ  ।
ती सडकमा अहिले टिपर र ट्याक्टरबाट माटो खसाउने काम  भइरहेको छ भने कालोपत्रेको कामका लागि समेत तयारी तीव्र रूपमा जोरतोरका साथ गरिएको कञ्चनरुप नगरपालिका नगर  प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।
यस्तै रु एक करोडको ठेक्का पाएका निरज जोशीले पनि मदन भण्डारी मार्ग अन्तर्गत त्रिमार्ग देखि शिवालय मन्दिर हुँदै चर्खिया सम्मको करिब ७ सय मिटर सम्म सडकमा माटो भर्ने र माटो मिलाउने काम समेत सुरु गरिएको छ  ।
गत आर्थिक वर्ष २०७६/०७७ मा समेत रु एक करोडको लागतमा रुपनगर चौकदेखि शिवालय चौक सम्म करिब ७ सय मिटर कालोपत्रे सम्पन्न गरेको थियो । त्यसपछि सो सडक खण्डमा बाँकी रहेको सडक बाटो निर्माणको काम अहिले भइरहेको जनाइएको छ  ।
रुपनगर चौक देखि उदयपुरको सिवाई सम्म निर्माण भइरहेको मदन भण्डारी मार्गको लम्बाई भने १३ किलो मिटर रहेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले शिलान्यास गर्नुभएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ ।
यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भई ठेक्काका लागि सम्झौता अनुसार कामहरू समय समयमा भइरहेको सडक डिभिजन कार्यालय लहानको भनाई छ  । यस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानियबासीहरु समेत खुसी भएका छन्  ।
सडक बाटोको अभाव खेप्दै आएका रुपनगरबासी अहिले सप्तरीको रुपनगर चोकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्गको निर्माण कार्य देखेर स्थानीयवासी खुसी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङगे खुटा हिँड्नुपर्ने बाध्यता समेत अन्त्य हुन लागेको स्थानीय हेम अधिकारीले बताउनुभयो  ।
यो सडक मदन भण्डारी मार्गमा कालोपत्रे भएर निर्माण भइसकेपछि  उदयपुरको पहाडी मार्गमा जोडिएकाले व्यापारिक दृष्टिकोणले ट्रक, सुमो गाडी र बसमा सामान ओहोरदोहोर गर्न समेत सजिलो हुने व्यापारी नजिर मियाँ बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button