तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनपुरमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना सख्त घाइते भएका छन् ।
साँझ करिब ५ बजे कञ्चनरूप नगरपालिका–११ ठेलीया टोल नहरस्थित भित्री सडकमा उत्तर तर्फ जाँदै गरेको प्र ०२ ०१००१ त ००३२ नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिदा ट्याक्टरमा सवार कंचनरुप नगरपालिका ११ का १८ वर्षीय राम असिष रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर प्रसाद साहले बताउनुभयो ।
दुर्घटनामा कञ्चनरुप नगरपालिका ११ का १६ वर्षीय कृष्ण साह, १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिल कुमार राम र अग्निसाइर कृष्णसावरण गाउँपालिका २ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।
चारै जनालाई उपचारार्थ युनिक अस्पताल रुपनीमा भर्ना गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button