तपाईँ सुन्दै हुनुहुन्छः

ए डिभिजन फुटसल लिग पोखरामा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको ए डिभिजन फुटसल लिग पोखरामा हुने भएको छ ।

कुल १० टिमको सहभागिता रहने प्रतियोगितामा मे महिनामा हुने एन्फाले जनाएको छ । प्रतियोगितामा प्रदेश एकबाट दुई टिम गण्डकीबाट एक टिम, प्रदेश दुईबाट एक टिम, बागमती प्रदेशबाट चार तथा कर्णाली, लुम्बिनी र सुदुरपश्चिमबाट एक एक टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको तयारीका लागि एन्फाले हरेक टिमलाई १ एक लाख रुपैयाँ दिनेछ । प्रतियोगितको विजेताले १० लाख उपविजेताले पाँच लाख पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button